नेपाली टेनिस खेलाडी प्रिन्सले पेरिस ओलम्पिक समूह चरणमा डेनिस स्टारसँग खेल्ने

12 Jul, 2024
Share:
117 Shares

नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले पेरिस ओलम्पिक समूह चरणमा कठीन प्रतिद्वन्द्वी पाएका छन्।

वाइल्ड कार्डमार्फत ओलम्पिक खेल्न लागेका प्रिन्सले समूह चरणमा विश्व नम्बर दुई डेनिस खेलाडी भिक्टोर अक्सलसेनलाई प्रतिद्वन्द्वीका रुपमा पाएका छन्।

ब्याडमिन्टनको पुरुष सिंगल्समा प्रिन्स र अक्सलनेस रहेको समूह पीमा आयरल्याण्डका न्हात न्गुउन तथा इजरायलका मिशा जिबेरमान छन्।

पेरिस ओलम्पिकमा पुरुष सिंग्लसमा कूल ४१ खेलाडी छन् । उनीहरुलाई १३ समूहमा विभाजन गरिएको छ। १२ समूहमा ३ खेलाडी छन् भने प्रिन्स रहेको समूहमा मात्र ४ खेलाडी छन्।

विश्व ब्याडमिन्टनको जुनियर वरियतामा शीर्ष स्थानमा पुगिसकेका प्रिन्स पहिलो पटक ओलम्पिक खेल्दैछन्। उनी ओलम्पिक खेल्ने पहिलो नेपाली ब्याडमिन्टन खेलाडी समेत हुन्।