काभा यू–२० महिला भलिबलमा नेपालको पहिलो जित

20 Jul, 2024
Share:
117 Shares

माल्दिभ्समा जारी काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ।

माले सिटीस्थित सोसल सेन्टरमा शनिबार भएको खेलमा नेपालले घरेलु टोलीलाई ३–० को सोझो सेटमा हरायो।

माल्दिभ्समाथि नेपालले २५–१६, २५–९, २५–१० को सोझो सेटमा जित निकाल्यो।

नेपालले माल्दिभ्स विरुद्ध कप्तान जेनिशा विश्वकर्मालाई बाहिर राख्दै मिना सुनार, स्नेहा ठगुन्ना र अनुषा चौधरीलाई पहिलो रोजाइमा खेलाएको थियो।

यसअघि नेपाल श्रीलंका र कीर्गिकस्थानसँग पराजित भएको छ। नेपाल २ अंकसहित तेस्रो स्थानमा छ।

अब नेपालले सेमिफाइनलमा लिगमा दोस्रो हुने टिमसँग खेल्नेछ। आजै हुने कीर्गिस्तान र श्रीलंकाबीचको खेलपछि नेपालको प्रतिद्वन्द्वीको टुंगो लाग्ने छ।

सेमिफाइनलका दुवै खेल आउने आइतबार हुनेछ। फाइनल खेल सोमबार हुनेछ ।