मत्रीपूर्ण भलिबलमा नेपाली महिला टिम रसियन टिमसँग पराजित

21 Jul, 2024
Share:
117 Shares

नेपाली महिला राष्ट्रिय भलिबल टोली रसियन टोलीसँगको पहिलो मैत्रीपूर्ण खेलमा पराजित भएको छ ।

आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा काभा नेसन्स लिगका तयारीमा रहेको नेपाली टोली ३–० को सोझो सेटमा पराजित भएको हो।

खेलमा पहिलो सेट २५–१७ ले गुमाएको नेपालले दोस्रो सेट २५–१९ले गुमाउँदा तेस्रो सेट २५–१५ ले गुमाएको थियो।

नेपाल र रसियाबीचको दोस्रो खेल सोमबार हुनेछ।

साउन १७ गतेदेखि काठमाडौंमा सुरु हुने काभा नेसन्स लिगमा नेपाल, भारत, इरान, श्रीलंका र माल्दिभ्सले सहभागिता जनाउँदै छन्।