रुससँग नेपाली महिला भलिबल टिमको लागतार दोस्रो हार

22 Jul, 2024

रुससागको मैत्रीपूर्ण भलिबलमा नेपाली महिला टिमले लागतार दोस्रो हार व्यहोरेको छ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्ड हलमा भएको खेलमा नेपाली टिम ३–०को सोझो सेटमा पराजित भयो ।

पहिलो सेट २५–१४ ले गुमाएको नेपाली टिमले त्यसपछि दुई सेटम भने रुसी टिमलाई टक्कर दिएको थियो। तर, जित भने निकाल्न सकेन। नेपालले दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–२२ ले गुमायो।

त्यसअघि आइतबार भएको पहिलो खेलमा पनि नेपाल ३–० ले नै पराजित भएको थियो ।

नेपालले आसन्न काभा नेसन्स लिगको तयारीको रुससँग मैत्रीपूर्ण खेल खेलेको हो। खेलका नेपालस्थित रुसी दूतावासको सहयोग गरेको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]