काभा महिला नेसन्स लिग भलिबलमा नेपालको सुखद सुरुआत

1 Aug, 2024
Share:
117 Shares

आजबाट काठमाडौंमा सुरु भएको काभा महिला नेसन्स लिग भलिबलमा नेपालले विजयी सुरुआत गरेको छ।

बिहीबार दिउँसो त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा हरायो।

श्रीलंकामाथि नेपालले २५–१९, २५–१८ र २५–१९ को सेटमा हरायो। पहिलो सेट सहजै जितेको नेपालले दोस्रो सेटमा ४–२ र तेस्रो सेट ७–३ ले पछि परेको अवस्था उल्टाउँदै जितेको थियो।

आजै प्रतियोगिताको दोस्रो खेलमा भारत र इरानबीच प्रतिस्पर्धा हुनेछ।