नेपाली महिला टिम काभ बिच भलिबलको फाइनलमा

3 Aug, 2024
Share:
117 Shares

नेपाली महिला टिम भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ।

शनिबार बिहान भएको सेमिफाइनलमा उज्वेकिस्तानलाई २–० को सेटमा पराजित गर्दै नेपाली टिम उपाधि नजिक पुगेको हो।

मनिषा चौधरी र कमला पुन नेपाली जोडीले उज्वेकिस्तानलाई २१–१३, २१–१२ ले हरायो।

नेपाली टोली समूह चरणमा खेलेको तीनवटै खेल जित्दै अपराजित रहेर सेमिफाइनल पुगेको थियो। मनिषा र कमलाको जोडी एउटै पनि सेट नहार्दै फाइनल पुगेको हो।

यता, पुरुषतर्फ नेपालको मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले आजै सेमिफाइनलमा माल्दिभ्ससँग खेल्नेछ।

प्रतियोगिताको फाइनल पनि आजै हुनेछ।