काभा महिला भलिबलमा आज नेपालले इरानसँग खेल्दै

4 Aug, 2024

काठमाडौंमा जारी काभा महिला भलिबल नेसन्स लिगमा आइतबार आज नेपालले बलियो इरानसँग खेल्दै छ।

खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने खेल साँझ सवा ५ बजे सुरु हुनेछ।

शनिबार भारतलाई हराएर उत्साहित रहेको नेपाली टिम आफ्नो अपराजित यात्रा कायमै राख्न चाहान्छ। भारतमाथि ऐतिहासिक जित निकालेको नेपाली महिला टोली उच्च मनोबलमा छ।

इरान भने घरेलु टोली नेपाललाई स्तब्ध पार्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लने लक्ष्यसहित मैदान प्रवेश गर्नेछ।

लिगमा २ खेलबाट ५ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ। एक खेल बढी खेलेको इरान पनि ५ अंकमा तेस्रो स्थानमा छ। समान ३ खेल खेलेको भारत ७ अंकमा तालिकाको शीर्ष स्थानमा छ।

२ खेलबाट १ अंक बनाएको श्रीलंका चौथो र त्यति नै खेलबाट अंक विहिन मालदिभ्स भने अंक तालिकाको पुछारमा छ।

नेपालले लिग चरणको पहिलो खेलमा श्रीलंकालाई सोझो सेटमा पाखा लगाएको थियो । दोस्रो खेलमा भने शनिबार भारतलाई ३–१ को सेटमा हराएको थियो।

इरानले भने शनिबार नै भएको खेलमा मालदिभ्सलाई सोझो सेटमा हराएको थियो। श्रीलंकामाथि ३–२ को सेटमा जित निकालेको इरानले भारतविरुद्ध भने ३–१ को सेटमा पराजित भएको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]