विश्व हाप्किडो च्याम्पियनसिपमा चन्द्रले दिलाए नेपाललाई रजत

4 Aug, 2024
Share:
117 Shares

विश्व हाप्किडो च्याम्पियनसिप २०२४ मा खेलाडी चन्द्रबहादुर बोहराले नेपाललााई रजत पदक दिलाएका छन्।

थाइल्याण्डमा आयोजना भइरहेको प्रतियोगिताको पुरुष ५०–५५ केजी तौलको प्रतिस्पर्धामा फाइनलमा थाइल्याण्डका खेलाडीसँग अंकको आधारमा पराजित भएपछि चन्द्रले स्वर्ण पदक जित्ने अवसर भने गुमाए।

प्रतियोगितामा आइतबार नेपालकी मेग्मा गुरुङले पनि फाइनल खेल्दैछिन् भने राजेन्द्र तामाङ र ईमा थापाको सेमिफाइनल खेल छ।

अगस्त १ देखि थाइल्याण्डको नन्थावुरी स्टेडियममा सुरु भएको च्याम्पियनसिप अगष्ट ४ मा सकिनेछ। प्रतियोगितामा नेपालबाट कुल ६ खेलाडी सहभागी छन्।