काभा महिला भलिबल : प्रतिस्पर्धात्मक खेलमा नेपाल इरानसँग पराजित

4 Aug, 2024

घरेलु मैदानमा जारी काभा महिला नेसन्स लिगमा नेपालले पहिलो हार व्यहोरेको छ। आइतबार साँझ त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल बलियो इरानसँग ३–२को सेटमा पराजित भयो।

इरानलाई हलुका रुपमा लिँदा नेपालले पहिलो सेट २५–१६ ले गुमाएयो। तर, दोस्रो सेटमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै २५–१६ कै जित निकाल्यो।

निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट भने फेरि इरानले २५–२३ले जित्दै खेलमा २–१को अग्रता लियो। चौथो सेटमा फेरि नेपालले पुनरागमन ग¥यो। चौथो सेट नेपालले सहजै २५–१५ले जित्यो।

अन्तिम सेटमा उत्कृष्ट डिफेन्सको नमूना प्रस्तुत गरेको थियो। प्रतिस्पर्धात्मक बनेको त्यो सेट इरानले १५–१३ले जित्यो।

यो हारसँगै लिगमा शीर्ष स्थानमा हरँदै सेमिफाइनल पुग्ने नेपालको सम्भावना कमजोर बनेको छ। अंक तालिकामा इरान र भारतको समान ७ अंक छ। भारतको १ खेल बाँकी नै छ। नेपालको ३ खेलबाट ६ अंक छ भने श्रीलंकाको ४ अंक छ।

अब नेपालले अन्तिम खेलमा प्रतियोगिताबाट बाहिरिसकेको माल्दिभ्ससँग खेल्नेछ भने भारतले श्रीलंकासँग खेल्नेछ।

शीर्ष स्थानमा रहन नेपालले ३–०कै सेटमा जित निकाल्नु पर्ने छ भने भारत कम्तिमा अंक गुमाउनु पर्नेछ।

त्यस्तो अवस्थामा नेपालले सेमिफाइनलमा केही कमजोर श्रीलंकालाई प्रतिद्वन्द्वी पाउने छ। अन्यथा नेपालको प्रतिद्वन्द्व

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]