सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

काभा महिला भलिबलमा माल्दिभ्समाथि नेपालको सहज जित, सेमिफाइनलमा इरानसँग खेल्ने

घरेलु मैदानमा जारी काभा महिला नेसन्स लिगको समूहको अन्तिम खेलमा नेपालले सहज जित निकालेको छ। सोमबार त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–०को सोझो सेटमा हरायो।

नेपालले माल्दिभ्स २५–८, २५– १९ र २५–१८ को सोझो सेटमा हरायो।

यो जितसँगै नेपाल समूहमा दोस्रो हुँदै सेमिफाइलनमा प्रवेश गरेको छ। समूह चरणमा नेपालले भारत र श्रीलंकालाई हराउँदा इरानसँग ३–२को सेटमा पराजित भएको थियो।

अब नेपालले सेमिफाइनलमा समूहमा तेस्रो भएको इरानलाई नै प्रतिद्वन्द्वी पाएको छ।

यता, आजै भएको खेलमा श्रीलंकालाई ३–०को सोटमै हाराएको भारत समूह विजेताका रुपमा सेमिफाइनल पुगेको छ। उसले चौथो भएको श्रीलंकासँगै खेल्ने छ।

दुवै सेमिफाइनल भोलि हुनेछ।

1.3Kशेयर