थाइल्याण्डमा आयोजना भएको विश्व हाप्किडो च्याम्पियनसिप २०२४ मा नेपालका खेलाडी मेग्मा गुरुङले रजत पदक जितेका छन्।
त्यसै गरी राजेन्द्र तामाङ र ईमा थापाले काश्य पदक जितेका छन्।
महिला माईनस –३८ केजी तौलमा स्वर्ण पदकको लागि मेग्मा गुरुङ थाइल्याण्डको खेलाडीसँग अंकको आधारमा पराजित भई काश्य पदक प्राप्त गरिन्।
राजेन्द्र तामाङले – ६८ केजी तौलको सेमिफाईनलमा लावोस र ईमा थापा –४७ केजी तौलको कम्बोडिया खेलाडी संग पराजित भई काश्य पदक प्राप्त गरे। यस्तै चन्द्र बहादुर बोहोराले काश्य पदक जितेका थिए।
नेपालले २ रजत २ काश्य गरी जम्मा ४ पदक ल्याए। च्याम्पियनसिप यहि साउन १७ गतेदेखि २० गतेसम्म थाइल्याण्डको नन्थावुरी स्टेडियममा सम्पन्न भएको थियो।