काभा नेसन्स लिगको फाइनलमा पुग्न इरानविरुद्ध भिड्दै नेपाल

6 Aug, 2024

काठमाडौंमा जारी काभा महिला भलिबल नेसन्स कपको फाइनलमा पुग्न नेपालले आज इरानसँग भिड्दैछ।

नेपाल लिगको उपविजेता बन्दै तेस्रो स्थानमा रहेको इरानसँग सेमिफाइनल खेल्न लागेको हो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार हुने दोस्रो सेमिफाइनल साँझ सवा ५ बजे सुरु हुनेछ।

इरानसँग लिग चरणमा भोगेको हारको बदला लक्ष्यसहित नेपाल मैदान प्रवेश गर्नेछ।

आइतबार भएको लिग चरणको खेलमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो।

प्रतिस्पर्धात्मक खेलमा नेपालले सर्भिस र डिफेन्समा गल्ती गर्दा लिगमा नै पहिलो हार व्यहोरेको थियो।

उता इरान भने नेपालविरुद्ध लिग चरणकै नतिजा दोहोराउने प्रयासमा हुनेछ।

त्यस्तै, आजै हुने अर्को सेमिफाइनल खेलमा भारत र श्रीलंका भिड्दैछन्। सो खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]