भारत काभा महिला भलिबल लिगको फाइनलमा

6 Aug, 2024
Share:
117 Shares

भारत नेपालमा जारी काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ। मंगलबार दिउँसो त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई हराउँदै भारतले फाइनलमा स्थान बनाएको हो।

भारतले श्रीलंकामाथि ३–० सोझो सेटमा जित निमाल्यो। पहिलो सेट २५–१५ र दोस्रो सेट २५–१६ ले जितेको भारतलाई तेस्रो सेट जित्न निकै संघर्ष गर्नुपरेको थियो। उसले तेस्रो सेट २५–२३ले जित्यो।

अब भारतले बुधबार हुने फाइलनमा नेपाल र इरानबीचको विजेतासँग खेल्ने छ। नेपाल र इरानबीचको खेल केहीबेरपछि सुरु हुनेछ।