अखिल कप भलिबल भाद्र २६ बाट

6 Aug, 2024
Share:
117 Shares

अनेरास्ववियु आरआर क्याम्पस कमिटीले दोस्रो अखिल कप २०८१ अन्तर क्याम्पस–जिल्ला स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको गर्ने भएको छ।

मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त प्रतियोगिताको जानकारी दिइएको हो।

प्रतियोगिताको उदघाटन भाद्र २६ गते बिहान १०ः०० बजे हुनेछ भने प्रतियोगिताको समापन तथा पुरस्कार वितरण असोज ३ गते हुनेछ।

प्रतियोगितामा प्रथम पुरस्कार दुई लाख, दोस्रो पुरस्कार एक लाख र तृतिय हुनेलाई ५० हजार नगद पुरस्कार दिने व्यवस्था गरिएको छ। यसको साथै सिल्ड, मेडल तथा प्रमाण–पत्र प्रदान पनि दिने व्यवस्था गरिएको छ।

प्रतियोगितामा सहभागी हुने क्याम्पस तथा जिल्ला स्तरका खेल टिमले २० हजार दर्ता शुल्क बुझाउनुपर्ने छ। खेल अवधिभर प्रत्यक्ष प्रशारण पर्वत भलिवल युट्युब च्यानल र बबिन गाहा युट्युब च्यानलबाट हुनेछ।