पाकिस्तानले जित्यो ४० वर्षपछि ओलम्पिकमा स्वर्ण

9 Aug, 2024
Share:
117 Shares

पाकिस्तानले ४० वर्षपछि ओलम्पिकमा स्वर्ण पदक जितेको छ। उसलाई अरशद नदीमले पुरुष ज्याभलिन थ्रोमा स्वर्ण दिलाएका हुन्।

पाकिस्तानले सन् १९६०, १९६८ र १९८४ मा पुरुष हक्कीमा स्वर्ण पदक जितेको थियो। व्यक्तिगत विधातर्फ स्वर्ण जितेको यो पहिलो पटक हो।व्यक्तिगत विधातर्फ पाकिस्तानले सन् १९६० मा कुस्तीतर्फ तथा सन् १९८८ बक्सिङतर्फ एक एक कांस्य जितेको थियो।

नदीमले ओलम्पिक कीर्तिमान बनाउने क्रममा ९२.९७ मिटरको थ्रो गरे। भारतका निरज चोपडा ८९.४५ मिटरको थ्रोमा दोस्रो भए।

अरशद सन् २०२२ को कमनवेल्थ गेम्सका च्याम्पियन पनि हुन्।

प्रतियोगिताको समग्र पदक तालिकामा अमेरिका ३० स्वर्ण, ३८ रजत र ३५ कांस्यसहित शीर्ष स्थानमा छ। चीन २९ स्वर्ण, २५ रजत र १९ कांस्यसहित दोस्रोमा छ। यस्तै तेस्रो स्थानमा अस्ट्रेलियाको १८ स्वर्ण, १४ रजत र १३ कास्य रहेको छ।