सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

काभा नेसन्स लिग उपविजेता भलिबल खेलाडीलाई पुरस्कार सिफारिस

SabaiKhel default image

काभा महिला नेसन्स लिग भलिबलमा उपविजेता बनेको नेपाली महिला भलिबल टिमका खेलाडीलाई पुरस्कारका लागि राष्ट्रिय खेलकुद परिषद्ले सिफारिस गरेको छ।

महिला भलिबल खेलाडीलाई पुरस्कारका लागि परिषद्ले युवा तथा खेलकुद मन्त्रालयमार्फत नेपाल सरकारलाई सफारिस गरेको हो।

परिषद्को कार्यकारी समितिको साउन २५ गते बसेको बैठकले राष्ट्रिय महिला भलिबल टिमलाई पुरस्कारका लागि सिफारिस गरेको हो।

राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार प्रतियोगितामा सहभागी १४ जना खेलाडीले जनही ३ लाख रुपयाँ पाउने छन्। यस्तै प्रशिक्षकले दुई लाख र सहायक प्रशिक्षक, व्यवस्थापक र फीजियोले जनही एक लाख २० हजार नगद पुरस्कार पाउने छन्।

गत सता सम्पन्न प्रतियोगितामा नेपाल फाइनलमा भारतसँग ३–२को सेटमा पराजित हुँदै उपाधिबाट बञ्चित भएको थियो।

यस्तै सेमिफाइनलमा इरानलाई पराजित गरी फाइनल पुगेको नेपाली टिम भारतसँग पराजित हुँदा द्वितीय भएको हो । प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, इरान र माल्दिभ्स सहभागी थिए ।

1.3Kशेयर