भलिबलकी स्टार निरुता बनिन् सहायक हवल्दार

14 Aug, 2024

नेपाली महिला राष्ट्रिय भलिबल टिमकी स्टार खेलाडी निरुता ठगुन्ना सशस्त्र प्रहरी बलको सहायक हवल्दार बनेकी छिन्।

गत साता सम्पन्न काभा वुमन्स च्यालेन्ज लिगमा उत्कृष्ट प्रदर्शन गरेपछि एपिएफलाई उनलाई सिपाहीबाट सहायक अवल्दारमा बढुवा गरेको हो। ठगुन्नालाई सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारिरीक सुगठन शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक रमेश कुमार पाण्डेले बुधबार दर्ज्यानी चिन्ह प्रदान गरे।

लोकसेवामा नाम निकालेर उनी २०७६ सालमा एपीएफमा सिपाही बनेकी थिइन्। त्यसअघि उनले ३ वर्ष त्रिभुवन आर्मी क्लबबाट खेलेकी थिइन्।

सोही अवसारमा एपिएफले निरुतासहित राष्ट्रिय टिमका तीन भलिबल खेलाडीलाई सम्मान गरेको छ। निरुतासहित सहायक हवल्दार सरस्वती चौधरी र सिपाही कविता भट्टलाई एपिएफले सम्मान गरेको हो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]