एभरेस्ट महिला भलिबल लिग : कुन खेलाडी कुन टिममा

17 Aug, 2024

नेपालमा पहिलो पटक फ्रेन्चाइज महिला भलिबल लिग आयोजना हुँदैछन्। ‘एभरेस्ट महिला भलिबल लिग’ नाम दिइएको उक्त प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्दै छन्।

जसमा टिम काठमाडौं, टिम ललितपुर, टिम मधेश, टिम गण्डकी, टिम चितवन र टिम कर्णालीले छन्। टिमले यसअघि नै मार्की खेलाडी छनोट गरिसकेका छन्।

काठमाडौंले उषा भण्डारीलाई मार्की खेलाडीका रुपमा लिएको छ भने ललितपुरले लिबेरो सलिना श्रेष्ठलाई मार्की खेलाडीका रुपमा अनुबन्धन गरेको छ। यस्तै, कर्णालीले सुमित्रा रेग्मी, चितवनले राष्ट्रिय टिमकी कप्तान अरुणा शाही, गण्डकीले सरस्वती चौधरी र मधेशले निरुता ठगुन्नालाई मार्की खेलाडीका रुपमा अनुबन्धन गरेका छन्।

नेपाल भलिबल संघले यसअघि नै इन्फिनिटी ड्रिम्स प्रालिसँग मिलेर पहिलो पटक फ्रेन्चाइज अवधारणामा भलिबल लिग आयोजना गर्न लागेको लिगमा एउटा टोलीमा ९ नेपाली र ३ विदेशी खेलाडी हुनेछन्।

मुख्य प्रशिक्षकको बैठकबाट ‘ड्राफ्ट र समझदारीका आधारमा फ्रेन्चाइज टोलीमा टिम विभाजन गरिएको छ। प्रत्येक टिममा ८ नेपाली खेलाडी छनोट भएका छन् भने १ खेलाडी ट्यालेन्ट हन्टबाट लिनु पर्ने छ।

खेलाडीलाई ए, बी र सी श्रेणीमा विभाजन गरिएको थियो। सोही आधारमा टिममा खेलाडी विभाजन गरिएको हो। प्रत्येक समूहमा ‘ए’ श्रेणी १, ‘बी’ श्रेणीका ४ र ‘सी’ श्रेणीका ३ खेलाडी राखिएको छ।

आयोजकका अनुसार ए’ श्रेणीमा रहनेले १ लाख ५० हजार, ‘बी’ श्रेणीमा रहनेले १ लाख र ‘सी’ श्रेणीमा रहने खेलाडीले ५० हजार पारिश्रमिक पाउनेछन् ।

कुन खेलाडी कुन टिममा?

टिम काठमाडौं : उषा भण्डारी (मार्की), आरती सुवेदी, कोपिला राना, कमला पुन, उषा विष्ट (बी), निशा महर, वसन्ती साउद, रस्मिता दुरा (सी) । प्रशिक्षक जगदीश भट्ट।

टिम गण्डकी : सरस्वती चौधरी (मार्की), प्रगति नाथ, लक्ष्मी चन्द, रिमा कुँवर, कविता भट्ट (बी), आरती चौधरी, स्नेहा ठगुन्ना र सरस्वती जैसी (सी)। प्रशिक्षक रुपेशकुमार विष्ट, मालिक सौरभ केडिया ।

टिम मधेश : निरुता ठगुन्ना (मार्की), पूजा थारु, संगम महत, जसना महतो र शान्ति तामाङ (बी), हीरा केसी, आसिका क्षेत्री र एलिसा मानन्धर (सी) । प्रशिक्षक भारत यादव र मासिलक रोहित अग्रवाल र विशाल अग्रवाल ।

टिम ललितपुर : सलिना श्रेष्ठ (मार्की), पुनम चन्द, कामना विष्ट, सफिया पुन, निशा चौधरी (बी), अनुषा चौधरी, नेहा चौधरी र भावना तामाङ (सी)। प्रशिक्षक उत्सव खड्का, मासिक कोरसिंक नेपाल।

टिम कर्णाली : सुमित्रा रेग्मी (मार्की), मीना सुनार, मनीषा चौधरी, यमुना रसाइली, सुनीता राई (बी), सृष्टि खड्का, गरिमा बोहरा, पशुपति बोहरा (सी)। प्रशिक्षक कुमार राई, मालिक राजेश बडडिया र प्रतीक अधिकारी।

टिम चितवन : अरुणा शाही (मार्की), सलिना बुढामगर, जिनिशा विश्वकर्मा, एन्जिला प्रधान र सुनिता खड्का (बी), भावना डाँगी, वाल्मीकि आचार्य र सरस्वती कट्टेल (सी)। प्रशिक्षक अर्जुन घिमिरे, मालिक निम्बस होल्डिङ्स।