यू–२० भलिबलका च्याम्पियनसिपका लािग १८ खेलाडी बन्द प्रशिक्षणमा

18 Aug, 2024

यू–२० भलिबल च्याम्पियनसीपका लागि १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ।

नेपाल भलिबल संघका अनुसार कोशीबाट अभिषेक थापा, मधेशबाट शैलेन्द्र यादव, बाग्मतीबाट सुजन सुनार र गण्डकीबाट सरोज बर्देवा, सूर्य विक, विश्वास अधिकारी, सुक्सन थापा, सौरभ फुन्जेली र जितबहादुर सार्की बन्द प्रशिक्षणमा बोलाइएको छ।

लुम्बिनीबाट लेसमन राहादी, रेशम विक, सागर रसौली र दिपेश कुँवर, कर्णालीबाठ पहल गहतराज तथा सुदूरपश्चिमबाट सुनिल बाहोरा, सुरेश मल्ल अर्जुन नेपाली र अशोक राना छन् ।

८ भदौबाट बन्द प्रशिक्षण सुरु हुनेछ । सेन्ट्रल एसियन भलिबल एशोसिएसनले आयोजना गर्ने यू–२० भलिबल च्याम्पियनसीप अक्टोबर ३ देखि ९ सम्म कोलम्बोमा हुनेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]