महिला भलिबल लिगका लागि मधेशले भित्र्यायो काजकिस्तानकी खेलाडी

21 Aug, 2024

नेपालमा पहिलो पटक फ्रेन्चाइज महिला भलिबल लिग आयोजना हुँदैछन्। प्रतियोगितामा ६ टिमको सहभागीता रहनेछ।

त्यसमध्ये एक टिम हो, मधेश युइनाटेड। निरुता ठगुन्ना मार्की खेलाडी रहेको मधेशले विदेशी खेलाडीका रुपमा काजकिस्तानकी स्पाइकर कालिनोभा यभजिनियालाई अनुबन्धन गरेको छ।

टिममा ३ विदेशी खेलाडी राख्न पाउने प्रावधान अनुसार मधेशले ३५ वर्षे यभजिनियालाई अनुबन्धन गरेको हो। काजकिस्तानको राष्ट्रिय टिमबाट खेलिसकेकी उनी त्यहाँ लिग पनि खेल्छिन्।

कालिनोभाले मधेश युनाइटेडसँग अनुबन्ध भएकामा खुसी व्यक्त गर्दै मधेश युनाइटेडबाट खेल्न उत्साहित रहेको बताएकी छिन्।

मधेशमा निरुता र यभजिनियासँगै संगम महतो, शान्तिकला तामाङ, एलिसा मानन्धर, आशिका क्षेत्री, हीरा केसी, पूजा थारू र जसना महतो छन्। भरत यादव टिमका मुख्य प्रशिक्षका रुपमा छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]