महिला भलिबल लिगका लागि मधेशले ट्युनिसियाकी खेलाडी भित्र्यायो

23 Aug, 2024

नेपाल पहिलो पटक आयोजना हुने लागेको महिला भलिबल फ्रेन्चाइज लिग ‘एभरेष्ट महिला भलिबल लिग’का लागि मधेश युनाइटेडले ट्युनिसियाकी खेलाडीलाई अनुबन्धन गरेको छ।

मधेशले शुक्रबार विदेशी खेलाडीको रुपमा लिगका लागि ट्युनिसियाकी मिडल ब्लकर योस्रो जेरामदिनीलाई अनुबन्धन गरेको हो।

ट्युनिसियाको वर्तमान राष्ट्रिय टिमकी सदस्य समेत समेत रहेकी २३ वर्षीय योस्रासँग रसियन लिग खेलेको अनुभव छ। उनले ट्युनिसियन लिग, ट्युनिसियन सुपर कप समेत खेलेकी छन्।

मधेशमा आबद्ध उनी दोस्रो विदेशी खेलाडी हुनृ। यसअघि मधेशले काजकिस्तानकी कालिनोभा यभजेनियालाई अनुबन्ध गरिसकेको छ।

६ टिम सहभागी हुने प्रतियोगितामा प्रत्येक टिमले २ विदेशी खेलाडी भित्र्याउन पाउँछन्। मधेश बाहेक अन्य टिमले विदेशी खेलाडीको घोषणा गरेका छैनन्।

मधेशमा निरुता र यभजिनियासँगै संगम महतो, शान्तिकला तामाङ, एलिसा मानन्धर, आशिका क्षेत्री, हीरा केसी, पूजा थारू र जसना महतो छन्। भरत यादव टिमका मुख्य प्रशिक्षका रुपमा छन्।