एभरेस्ट महिला भलिबल लिग असोज १४ देखि १९ सम्म

25 Aug, 2024

नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज महलिा भलिबल लिग ‘एभरेस्ट महिला भलिबल लिग’ असोज १४ गतेबाट सुरु हुने भएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्ड हलमा हुने लिग असोज १९ गते सम्म चल्ने आयोजक इन्फिनिटी ड्रिम्सले जनाएको छ।

इन्फिनिटी ड्रिम्सले नेपाल भलिबल संघसँगको परामर्श र स्वीकृतिमा प्रतियोगिताको मिति तय गरेको हो। प्रतियोगितामा ६ फ्रेन्चाइज टिमको सहभागीता रहने छ।

याे पनि पढ्नुस

फ्रेन्चाइज महिला भलिबल लिग : कुन खेलाडी कुन टिममा

‘लिगको तयारी तीव्र गतिमा भइरहेको छ, जसमा ईडब्लूभीएल र यसका ६ प्रतिष्ठित फ्रेन्चाइजहरू भलिबल समुदायका लागि अभूतपूर्व अनुभव सिर्जना गर्न अथक मेहनत गरिरहेका छन्’, आयोजकले प्रेसम विज्ञप्तिमा मार्फत जनाएको छ।

उसले यो एक खेलकुद प्रतियोगिता नभएर नेपालमा महिला खेलाडीहरूलाई सशक्तिकरण गर्ने र हाम्रो राष्ट्रिय खेललाई अन्तर्राष्ट्रियस्तरमा प्रस्तुत गर्ने एक महत्वपूर्ण कदम भएको जनाएको छ।

लिगका लागि यसअघि नै खेलाडी छनोट भइकेको छ। प्रत्येक टिममा ८ नेपाली र २ विदेशी खेलाडी रहने छन्।