नेपाललाई ऐतिहासिक पदक दिलाएकी पलेशालाई प्रचण्डले दिए बधाई

31 Aug, 2024
Share:
117 Shares

नेपाललाई पारा ओलम्पिकमा पहिलो पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’ले बधाई दिएका छन्।

पलेशाले तेक्वान्दोको के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजीमुनी तौल समूहमा सर्बियाकी मारिया मिसेभलाई १५–८ले हराउँदै शुक्रबार राति कांस्य जितेकी थिइन्।

सामाजिक सञ्जालमार्फत उनले ओलम्पिकमा नेपाली खेलाडीले जितेको यो पहिलो आधिकारिक पदकका लागि पलेशालाई बधाई दिएका हुन्।

‘नेपालकी पलेशा गोवर्धनले पाराओलम्पिक खेलकुदमा पदक जित्ने हिमाली एसियाली राष्ट्रबाट पहिलो खेलाडी बनेर इतिहास रचेकी छिन्,’ उनले लेखेका छन्, ‘पलेशालाई यस उल्लेखनीय उपलब्धिको लागि बधाई छ, जसले सम्पूर्ण नेपालीहरूलाई गौरवान्वित बनाएको छ।’