‘अब हामी गर्वकोसाथ भन्न सक्छाैं, हामीसँग पनि ओलम्पिक मेडल छ’

4 Sep, 2024

पेरिस पारालम्पिकमा कास्यक पदक विजेता पलेशा गोवर्धनले अब नेपालसँग पनि ओलम्पिक पदक छ भनेर गर्वकासाथ भन्न पाउने इतिहास बनाउन पाउँदा निकै खुसी लागेको बताएकी छिन्।

पलेसा बुधबार बिहान मात्र फ्रान्सबाट काठमाडौं फर्किएकी थिइन्। उनलाई त्रिभुवन विमानस्थलमा बाजागाजासहित भव्य स्वागत गरिएको थियो। उनलाई स्वागत गर्न खेलकुदमन्त्री तेजुलाल चौधरी पनि विमानस्थल पुगेका थिए।

बुधबार राष्ट्रिय खेलकुद परिषद्को स्वागत कार्यक्रममा उनले सबैल पलेशाले मेडल लिएर आउँछ भनेर आशा गरिरहेको अवस्थामा त्यो आशालाई आफूले पूरा गरेर फर्किएको भन्दै नेपालसँग पनि ओलम्पिक पदक छ भन्ने इतिहास बनाउन पाउँदा निकै खुसी लागेको बताइन्।

उनले भनिन्,‘एकदमै खुसी छु म आज किनकी मैले आशा गरेको थिईन कि आज गोल्ड मेडल हात मार्न सक्छु भनेर, सबैले एउटा आशा गर्नुभएको थियो कि पलेशाले गोल्ड मेडल लिएर आउँछ भनेर मैले त्यो पूरा गरेर फर्किएकी छु,’ उनले भनिन्, ‘यो मेडल मेरो मात्र होईन सबैको हो। अब हामी गर्वकोसाथ भन्न सक्छौं कि हामीसँग पनि एउटा ओलम्पिक मेडल छ।’

पलेशालाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्मा पु¥याएर स्वागत गरिएको हो ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]