भारतकी सूर्याले चितवनबाट एभरेस्ट महिला भलिबल लिग खेल्ने

12 Sep, 2024
Share:
117 Shares

नेपालका पहिलो पटक आयोजना हुन लागेको महिला भलिबल फ्रेन्चाइज लिगका लागि विदेशी खेलाडीको अनुबन्धन अहिले चलिरहेको छ।

एभरेस्ट महिला भलिबल लिग (इडब्ल्यूभीएल)का लागि चितवन शक्तिले भारतीय राष्ट्रिय महिला भलिबल टिमकी मिडलब्लकर सूर्या एसलाई अनुबन्धन गरेको छ।

नेपाली राष्ट्रिय टिमकी कप्तान अरुणा शाही मार्की खेलाडी रहेको चितवनले दोस्रो विदेशी खेलाडीका रुपमा सूर्यालाई अनुबन्धन गरेको हो। उसले यसअघि नै अजरबैजानकी केन्सिया पावलेन्कोलाई अनुबन्धन गरिसकेको छ।

एभरेस्ट महिला भलिबल लिग असोज १४ बाट १९ गतेसम्म दशरथ रंगशालास्थित कभर्ड हलमा हुँदैछ। जसमा ६ टिम सहभागी छन्।

चितवनको टिममा अरुणा शाहीसँगै सलिना बुढामगर, जेनिशा विश्वकर्मा, एन्जिला प्रधान, सुनिता खड्का, भावना डांगी, वाल्मिका आचार्य, सरस्वती कट्टेल नेपाली खेलाडीका रुपमा छन्।