महिला भलिबल लिगका लागि गण्डकीले भित्र्यायो रसियन खेलाडी

12 Sep, 2024

नेपालमा पहिलो पटक आयोजना हुन लागोको फ्रेन्चाइज महिला भलिबल लिग एभरेस्ट प्रिमियर महिला भलिबल लिगका लागि गण्डकी थन्डर्सले रसिन खलाडीलाई अनुबन्धन गरेको छ।

लिगका लागि गण्डकीले पहिलो विदेशी खेलाडीका रुपमा एलिसा दुबियकलाई अनुबन्धन गरेको हो।

लागतार दुई सिजन क्यानडाको लिग खेलेकी एलिसा रसियाकी चर्चित खेलाडी हुन्। योर्क युनिभर्सिटीबाट क्यानडामा लिग खेलेकी उनले रसियाको भिस्चा लिग पनि खेलेकी छिन्।

गण्डकीमा आबद्ध भएपछि नेपालमा खेल्न उत्साहित रहेको बताएकी छिन्। पोखरा थन्डर्सका मालिक सौरभ केडियाले प्रभावशाली खेलाडी अनुबन्ध गर्न पाउँदा धेरै खुसी लागेको बताए।

नेपाली राष्ट्रिय भलिबल टोलीकी मुख्य खेलाडी सरस्वती चौधरी मार्की रहेको गण्डकीले यसअघि आठ नेपाली खेलाडीको नाम सार्वजनिक गरिसकेको छ ।