भलिबल प्रशिक्षक कुमार राईलाई स्पेशल अवार्ड, महिला कबड्डी टिमलाई टिम अफ दी इयर

13 Sep, 2024

लामो समयदेखि महिला भलिब खेलाडी उत्पदान गर्दै अएका प्रशिक्षक कुमार राईलाई पल्सर स्पोर्ट्स अवार्डमा ‘स्पेशल अवार्ड’ प्रादान गरिएको छ।

शुक्रबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष समारोहमा राई ‘स्पेशल अवार्ड’ प्रदान गरिएको हो।

न्यू डाइमण्ड एकेडेमीमार्फत राईलाई महिला खेलाडी उत्पादन गर्दै आएका छन्। उनका उत्पदान अहिले राष्ट्रिय टिममा पनि जमेका छन्। अवार्ड पाएपछि राईले अझ राम्रा खलाडी उत्पदानमा लाग्ने बताए।

यस्तै, यो वर्षको ‘टिम अफ दि इयर’ अवार्ड महिला कबड्डी टिमलाई दिइएको छ। १९औं एसियन्स गेममा महिला कड्डीमा नेपालले कास्य पदक जितेको थियो। सोही आधारमा महिला कबड्डी टिमलाई ‘टिम अफ दि इयर’ अवार्ड दिइएको हो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]