‘एभरेष्ट वुमन भलिबल लिग’को ‘ट्रफी टुर’ कर्णालीमा सम्पन्न

18 Sep, 2024
Share:
117 Shares

नेपालमा पहिलो पटक हुन लागेको ‘एभरेष्ट वुमन भलिबल लिग (ईडब्लुभिएल)को ‘ट्रफी अनावरण समारोह’ अर्थात ‘ट्रफी टुर’ कर्णालीमा सम्पन्न भएको छ।

‘कर्णाली यश्विज’ द्वारा आयोजित ‘ट्रफि टुर’ कर्णाली प्रदेशको राजधानीबाट सुरु गरिएको थियो। पहिलो पटक हुन लागेको यस फ्रेन्चाइज लिगको ट्रफी मंगलबार सुर्खेतस्थित नमस्ते नेपाल हलमा अनावरण गरिएको थियो।

‘ट्रफी अनावरण’ समारोहमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजिव विक्रम शाह प्रमुख अतिथिको रुपमा उपस्थित थिए। कार्यक्रममा कर्णाली प्रदेश भलिबल संघको अध्यक्ष, भलिबल संघको केन्द्रिय सचिव, सदस्य, प्रशिक्षक, खेलाडी मिना सुनुवार, लगायत खेलाडी, विद्यार्थीहरु तथा भलिबल प्रेमीहरुको पनि बाक्लो उपस्थिति रहेको थियो।

‘अब पालो महिलाको’ स्लोगनसहित सुरु भएको ुएभरेस्ट वुमन्स भलिबल लिगुको ‘कर्णाली यश्विज’लाई रमेश कर्पोरेसनले हेर्दै आईरहेको छ। रमेश कर्पोरेसनले खेलकुद विकास र महिला भलिबलको उत्थान गर्ने मुल उद्देश्यको साथ ‘कर्णाली यश्विज’ टिमलाई स्वामित्व गरेको हो।

कर्णालीमै ट्रफीको अनावरण हुनुले खेलाडी र कर्णालीमा रहेका भलिबल प्रेमीहरुमा थप उर्जा थपेको ‘कर्णाली यश्विज’को अध्यक्ष सुशिल गुप्ताको भनाइ छ। ‘कर्णाली यश्विज’ टिमप्रति विदेशी खेलाडीहरुको समेत आकर्षन बढ्दै गएको र भलिबल खेल्ने कुरा भईरहेको गुप्ता बताउँछन्।

‘एभरेष्ट वुमन भलिबल लिग’ काठमाडांै असोज १४ देखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने लिगमा ६ टोलीको सहभागिता रहनेछ।

कर्णाली भलिबल महिला टोलीको प्रमुख प्रशिक्षकमा कुमार राई छन्। उनी ुन्यु डाइमन्ड युथ स्पोट्स क्लबु को प्रमुख अध्यक्ष समेत थिए।

महिला भलिबलको उत्थानका लागी उनको ठुलो योगदान छ। उनको प्रशिक्षनमा कर्णाली यश्विज टिमले ‘एभरेष्ट वुमन भलिबल लिग (ईडब्लुभिएल)’को ट्रफी उचाल्नेमा सबै विश्वस्त छन्।