बागमती सरकारबाट पलेश १० लाख रुपैयाँसहित सम्मानित

19 Sep, 2024
Share:
117 Shares

बागमती प्रदेश सरकारले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक पदक दिलाएकी पलेशा गोबर्धनलाई सम्मान गरेको छ। बिहीबार संविधान दिवसका अवसरमा अयोाजित कार्यक्रममा बागमती सरकारले १० लाख रुपैयाँ नगदसहित सम्मान गरेको हो।

सम्मान गर्नुअघि पलेशालाई हेटौंडा बजार परिक्रमा गराइएको थियो। पेरिस पारा ओलम्किपकमा पलेशा तेक्वान्दोमा नेपाललाई कास्य पदक दिलाएकी थिइन्।

यस्तै, पलेशाका प्रशिक्षक कविराज नेगीलाई २ लाख र नेपाल तेक्वान्दो संघ बागमती प्रदेश समितिलाई १ लाख रुपैयाँ प्रदानले सम्मान गरिएको छ।

सोही अवसरमा गत वर्ष चीनमा भएको १९औं एसियाली खेलकुदमा करातेमा नेपाललाई रजत पदक दिलाएकी एरिका गुरुङलाई पनि ५ लाख रुपैयाँसहित सम्मान गरिएको छ।

प्रदेश सरकारले एरिकाका प्रशिक्षक कुशल श्रेष्ठलाई १ लाख र नेपाल कराते महासंघ बागमती प्रदेश समितिलाई १ लाख रुपैयाँ प्रदान गरेको छ।

उनीहरुलाई बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, खेलकुद मन्त्री मिनकृस्ण महर्जनले सम्मान पत्र एवम् नगद हस्तान्तरण गरेका थिए।

कार्यक्रममा एरिका र कुशलसहित नेपाली कराते टोली भने उपस्थित भएन्। उनीहरू अहिले एसियाली च्याम्पियनसिप खेल्न चीन पुगेका छन् ।