महिला भलिबल लिगका लागि भारतीय खलाडी जुहीले गण्डकीमा आबद्ध

24 Sep, 2024

आसन्न एभरेस्ट महिला भलिबल लिगका लागि गण्डकी थन्डर्सले भारतीय खेलाडी जुही साहलाई अनुबन्धन गरेको छ।

चुही गत महिना नेपालमा भएको काभा नेसन्स महिला भलिबल लिगको उत्कृष्ट सेटर हुन्। गण्डकीले जुहीलाई चौथो विदेशी खेलाडीका रूपमा टिममा अनुबन्ध गरेको हो ।

भारतीय टोलीकी अनुभवी खेलाडीका रूपमा रहेकी उनीसँग नेपालमा समेत भलिबल खेलेको अनुभव छ।

१५ वर्ष लामो भलिबल अनुभव बटुलेकी जुहीले एभिसी च्यालेन्जर कप, काभा महिला भलिबल लिग खेलेकी छिन्।

गण्डकीले यसअघि रसियाकी जुभियागिनसिभा र एलिसा रुबियकसँगै भारतकी शिल्पा सिन्धुलाई अनुबन्ध गरेको थियो।

चारजना विदेशी खेलाडी अनुबन्ध गरेपछि टिम मालिक सौरभ केडियाले गण्डकीले उपाधिका लागि बलियो दाबेदारी दिने बताएका छन्।

गण्डकीमा राष्ट्रिय टिमकी सदस्य सरस्वती चौधरी मार्की खेलाडी छिन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]