महिला भलिबल लिगमा कर्णाली र चितवन विजयी

1 Oct, 2024
Share:
117 Shares

आजबाट सुरु भएको पहिलो संस्करणको एभरेस्ट महिला भलिबल लिगमा कर्णाली याश्विस र चितवन शक्ति विजयी भएका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको आजको दोस्रो खेलमा कर्णालीले मधेश युनाइटेडमाथि ३–१को सेटमा जित निकाल्यो।

कर्णालीले पहिलो सेट २५–१५ र दोस्रो सेट २५–२० जितेको थियो। तर, तेस्रो सेट मधेशले २८–२६ले जित्दै खेलमा फर्कउने आशा जगायो। तर, चौथो सेट कर्णालीले २५–११ ले जित्दै खेल आफ्नो पक्ष बनायो।

यस्तै सोमबारको अन्तिम खेलमा चितवनले गण्डकीलाई ३–१कै सेटमा हरायो। पहिले सेट चितवनले २५–२२ ले जितेको थियो । दोस्रो सेट गण्डकीले २५–१९ले जितलाई खेललाई बराबरीमा ल्यायो। तर, त्यसपछिका २ सेट २५–२३ र २५–१७ ले जित्दै चितवनले लिगमा विजयी सुरुआत गरेको छ।