उसुको थाउ विश्वकपमा विजयले दिलाए नेपाललाई कास्य

27 Oct, 2024
Share:
117 Shares

उसु थाउलो विश्वकपमा नेपाली खेलाडी विजय सिंजालीले कांस्य पदक जितेका छन्।

जापानमा भइरहेको थाउलो विश्वकप अन्तर्गत आइतबार बिहान भएको छेन्सुतर्फको विधामा विजयले ९.६३६ अंक स्कोर गर्दै तेस्रो स्थान हासिल गरेका हुन्।

मलेसियाका वेङ सन वोङले ९.७७३ अंक जोड्दै स्वर्ण पदक जिते भने तथा घरेलु खेलाडी मोटोयोशी अराकीले ९.७६६ अंकसहित रजत जिते।

विजयको इभेन्टमा कूल ९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। जसमा उलने अमेरिका, मेक्सिकोलगायत देशका ६ खेलाडीलाई पछि पारेका हुन् ।

थाउलो विश्वमपा नेपालबाट विजयसहित ५ खेलाडी सहभागी छन्।