सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

विश्व बडीबिल्डिङका विजेतालाई प्रधानमन्त्रीले गरे सम्मान

खेलाडीसँग प्रधानमन्त्री ओली काठमाडौँ, ४ मङ्सिरः प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मङ्गलबार प्रधानमन्त्री निवास, बालुवाटारमा १५औ विश्व बडीबिल्डिङ एण्ड फिजिकल स्पोर्टस् च्याम्पियनसिप, २०२४ मा पदकप्राप्त नेपाली खेलाडीलाई बधाई तथा सम्मानपश्चात् सामूहिक तस्बिरमा । यही ५ देखि ११ नोभेम्बरमा माल्दिभ्समा भएको प्रतियोगिताको विभिन्न तौल समूह र विधामा रुपेश शाही, प्रज्ज्वल शाक्य, रजनी शाक्य र सोनाम मुलगुठीले दोस्रो स्थान हासिल गर्नुभएको थियो । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय÷रासस

१५औं विश्व बडीबिल्डिङ एण्ड फिजिकल स्पोर्टस् च्याम्पियनसिप, २०२४ मा पदक जितेका नेपाली खेलाडीलाई प्रधानमन्त्री केपी ओलीले सम्मान गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री ओलीले ती खेलाडीलाई बधाई दिँदै सम्मान गरेका हुन्। ५ देखि ११ नोभेम्बरमा माल्दिभ्समा भएको प्रतियोगिताको विभिन्न तौल समूह र विधामा रुपेश शाही, प्रज्ज्वल शाक्य, रजनी शाक्य र सोनाम मुलगुठीले दोस्रो स्थान हासि गरेका थिए।

प्रधानमन्त्री ओलीले यस खेलको पर्याप्त सम्भावना रहेकोेले राज्यका तर्फबाट आवश्यक प्रोत्साहन हुने विश्वास दिलाए।

नेपाल शाररीक सुुगठन तथा फिटनेस महासंघका अध्यक्ष राजेशबाबु श्रेष्ठले पर्यटन प्रवर्द्धनमा समेत योगदान मिल्ने भएकोले यस खेललाई सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए।

1.3Kशेयर