हेल्प नेपाललाई हराउँदै भारतको क्यालिकटले जित्यो काभा पुरुष भलिबल उपाधि

14 Dec, 2024
Share:
117 Shares

पहिलो संस्करणको काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा भारतको क्यालिकटले उपाधि जितेको छ।

घरेलु टोली नेपालको हेल्प नेपाल स्पोर्टस क्लबलाई ३–१ को सहज नतिजामा हराउँदै क्यालिकट उपाधि जित्न सफल भएको हो।

घरेलु टोली विरूद्ध सुरूवात राम्रो गर्दै २५–२१ ले पहिलो सेट क्यालीकटले जित्यो । दोस्रो सेटमा नेपाल खेलमा फर्कन सफल रहयो।

२६–२४ ले दोस्रो सेट जित्दै खेललाई १–१को बराबरीमा ल्यायो। तर यसपछि हेल्प नेपालले लय लिन सकेन्।

नेपाल डिफेन्स र ब्लकमा चुक्यो, जसले गर्दा २५–१४ र २५–१७ ले तेस्रो र चौथो सेट जित्दै क्यालीकटले सानदार शैलीमा उपाधि जितेको हो।

क्यालिकट लिग चरणमा तेस्रो हुँदै र नेपाल दोस्रो हुँदै सेमिफाइनलमा पुगेका थिए। सेमिफाइनलमा क्यालीकटले इरानलाई र हेल्प नेपालले माल्दिभ्सको क्लब एचडिसीलाई हराएको थियो।