पुरुष भलिबलको फ्रेन्चाइज लिग हुँदै, ६ टिम सहभागी हुने

24 Dec, 2024

पुरुष भलिबलको फ्रेन्चाइज लिग हुने भएको छ। केडिया ग्रुपले आयोजना गर्ने फ्रेन्चाइज लिगको नाम ‘नेपाल भलिबल लिग’ राखिएको छ।

मंगलबार एक कार्यक्रम गर्दै केडिया ग्रुपले लिगको नाम, लोगो र स्लोगान सार्वजनिक गरेको छ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले लोगो अनावरण गरे भने यस्तै मन्त्री चौधरी र केडिया ग्रुपका अध्यक्ष विमल केडियाले संयुक्त रुपमा ‘उचाईको नयाँ उडान’ नामक स्लोगान सार्वजनिक गरेका थिए।

लिग आयोजनाका लागि नेपाल भलिबल संघले केडिया ग्रुपसँग ७ वर्षको सम्झौता भएको छ। यस वापत भलिबल संघलाई केडिया ग्रुपले वार्षिक ३५ लाख रुपैयाँ दिनेछ।

सो अवसरमा लिगमा ६ टिम सहभागी हुने र लिग सिंगल राउन्ड रोबिनका आधारमा हुने जानकारी दिइयो। ९ दिनसम्म चल्ने लिगमा कुल १५ खेल हुनेछ भने शीर्ष दुई टिमले उपाधिका लागि भीड्ने छन्।

लिगान प्रत्येक टिममा १२ खेलाडी रहने छन् भने जसमा ९ नेपाली र ३ विदेशी खेलाडी हुने लिगका अपरेशन हेड विकास खेतानले जानकारी दिए।

पहिलो पटक आयोजना हुन लागेको लिगको मिति र टिमको नाम भने केही समयपछि सार्वजनिक गर्ने तयारी रहेको उनले बताए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]