बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसीपमा विभागीय टिम एपिएफले संघर्षपूर्ण जित निकालेको छ।
शुक्रबार बुटबलस्थित रामनगर खेल मैदानमा भएको खेलमा एपिएफले गल्कोट भलिबल क्लबमाथि ३–२ को संघर्षपूर्ण जित निकालेको हो।
यो खेल बिहीबार चौथो सेट सकिएपछि हुस्सु र चिसोका कारण स्थगित भएको थियो। जसमा खेलमा २–२को बराबरीमा थियो। शुक्रबार अन्तिम सेट मात्र भएको थियो।
पहिलो सेट २५–१५ मा सहजै जितेको एपिएफले दोस्रो सेट संघर्षपूर्ण रुपमा २५–२२ ले जितेको थियो। त्यसपछि तेस्रो र चौथो सेट जित्दै गल्टकोट खेलमा फर्किएको थियो। उसले तेस्रो सेट २५–२२ जित्दो चौथो सेट निकै प्रतिस्पर्धात्मक भएको थियो। जसमा गल्कोट ३३–३१ले विजयी भयो।
निर्णायक अन्तिम तथा पाँचौं सेटको लाइन्स जज र रेफ्रीको निर्णयलाई लिएर पटकपटक विवाद हुँदा खेल करिब आधा घण्टा रोकिएको थियो । तनावपूर्ण वातावरणमै पुनः सुरु भएको खेल एपीएफले २०–१८ ले जित्यो।
