सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

इन्डो नेपाल भलिबलमा पुलिसका सहज तिज

SabaiKhel default image

बुटवलमा जारी मदन भण्डारी गोल्ड कप इन्डो(नेपाल पुरुष भलिबल च्याम्पियनसिपको शनिबारको पहिलो खेलमा नेपाल प्रहरी विजयी भएको छ। आज बिहानदेखिको बुटवलका चिसो मौसममा नेपाल पुलिस क्लबले मणिमुकुन्दलाई ३–१ को सेटमा पराजित गरेको हो।

शनिबारको खेलमा नेपाल पुलिस क्लबले २५–१५, २०–२५, २५–२० र २५–१८ को सेटमा जित निकालेको हो। पहिलो सेटमा पुलिसले सहजै जितेको थियो । मणिमुकुन्दका खेलाडीले तालमेल मिलाउने सकेनन्।

दोस्रो सेटमा पुलिसका केही सर्भिसले जाली पार गर्न नसकेपछि मणि मुकुन्दलाई सहज बनेको थियो। दोस्रो सेट मणि मुकुन्दले जितेपछि नेपाली प्रहरीका खेलाडी संयमित बनेका थिए।

तेस्रो सेट निकै प्रतिस्पर्धात्मक बनेको थियो। बराबरीको स्थितिमा खेलिरहेको मणि मुकुन्दले १५औँ अंकपछि लयगुमाएको थियो। पुलिसका स्पाइकरद्वय रविन चन्द र सन्जुविक्रम शाहले कुनै मौका चुकाएनन्। रविन चन्दका कुनै पनि स्पाइक खेर गएनन् ।

समूह ‘ए’ मा रहेका चार टिम मध्ये नेपाल प्रहरीले २, मणि मुकुन्द र आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले समान १–१ खेल जितेका छन् । रुकुम पश्चिमले दुवै खेल गुमाएको छ।

1.3Kशेयर