भारतीय टिमलाई हराउँदै नेपाल पुलिस इन्डो नेपाल भलिबलको फाइनलमा

7 Jan, 2025
Share:
117 Shares

विभागीय टिम नेपाल पुलिस क्लब मदन भण्डारी गोल्डकप इन्डो–नेपाल पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।

बुटवलमा जारी प्रतियोगितामा मंगलबार रामनगर भलिबल कोर्टमा भएको सेमिफाइनलमा भारतको गुजरात स्टेट भलिबललाई ३–१ को सहज सेटमा हराउँदै पुलिस उपाधि नजिक पुगेको हो।

पहिलो सेट २७–२५ ले गुमाएको पुलिसले उत्कृष्ट पुनरामगन गर्दैै फाइनलमा स्थान बनायो। पुलिसले २५–१४ ले जित्दै खेलमा पुनरागमन गरेको थियो। त्यसपछि पुलिसले तेस्रो सेट २५–२१ र चौथो सेट २७–२५ ले जितेको थियो।

अब पुलिसले उपाधिका लागि त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लबबीचको विजेता सँग खेल्ने छ। यो खेल पनि आजै हुने तय भएपनि बाक्लो हुस्सु र चिसोका कारण स्थागित भएको थियो। खेल भोलि हुनेछ।

फाइनल पनि भोलि नै हुनेछ। प्रतियोगिताको विजेताले ७ लाख ५० हजार, दोस्रो ३ लाख ५० हजार, तेस्रोले १ लाख ७५ हजार र चौथो टोलीले १ लाख रुपैयाँ पाउनेछन्।