इन्डो नेपाल भलिबलको फाइनल ‘विभागीय डर्बी’ हुने, आर्मी र पुलिस भीड्दै

8 Jan, 2025
Share:
117 Shares

बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलको फाइनल विभागीय डर्बी हुने भएको छ।

बुधबार भएको दोस्रो सेमिफाइनलमा जित निकाल्दै त्रिभुवन आर्मी क्लब फाइनल पुगेसँगै उपाधि भीडन्त विभागीय डर्बी हुने पक्का भएको हो। यसअघि नै पुलिस फाइलन पुगिसकेको थियो।

बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो।

बुधबार सितलहरका कारण दोस्रो सेमिफाइनल हुन नसकेपछि आज भएको हो। जसमा आर्मीले २५–१८, २५–१३ र २५–१९ को सोझो सेटमा जित निकाल्यो।

फाइलन आजै हुने भनिएपनि हुस्सुसँगैको चिसाको कारण फाइनल भोलिलाई सारिएको छ।

पहिलो सेमिफाइनलमा पुलिसले भारतको गुजरात स्टेट भलिबललाई ३–१ को सेटमा हराएको थियो ।

बिहीबार नै प्रतियोगितामा तेस्रो स्थानका लागि गुजरात स्टेट भलिबल र मणिमुकुन्दबीच बिहीबार खेल हुनेछ।

प्रतियोगिताको विजेताले ७ लाख, दोस्रोले ३ लाख ५० हजार, तेस्रोले १ लाख ७५ हजार र चौथो हुने टोलीले १ लाख रुपैयाँ पाउनेछ।