नेपालका राजु क्षेत्री युएस ओपन तेक्वान्दोमा निर्णायक बन्दै

14 Feb, 2025
Share:
117 Shares

नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो राजु क्षेत्रीले अमेरिका आयोजना हुने तेक्वान्दो च्याम्पियनसिपमा निर्णायक बन्दै छन्।

विश्व वरीयतामा रहेको जी–टुको प्रतियोगिता युएस ओपन तेक्वान्दो च्याम्पियनसिपमा राजुले निर्णायकको भूमिका निभाउने पक्का भएको छ।

प्रतियोगिता फेब्रुअरी १४ देखि १६ सम्म अमेरिकाको नेभाडाको रेनोमा हुने छ। त्यहाँ ५० देशका झन्डै २४ सय खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।

उनले युएस ओपनमा लगातार तेस्रो पटक निर्णायकको भूमिका निभाउन लागेका हुन्।

विश्व तेक्वान्दोले युएस तेक्वान्दो र युएस ओलम्पिकको संयोजनमा आयोजना गर्ने प्रतियोगिता विश्वको ठूलो प्रतियोगितामध्ये एक हो।

युएस ओपनसँगै राजुले दक्षिण कोरियामा भएको विश्व वरीयताको जी–वान प्रतियोगिता किमुन्योङ कप, जापानको ओसाकामा भएको जापान ओपन र कोरियामा २०२३ मा भएको सिओङनाम ओपन प्रतियोगितामा जजको भूमिका निभाएका छन्।

क्षेत्रीले सन् २००८ मा भएको विश्व वरीयताको जी–टु कोरियन ओपन अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीको रूपमा स्वर्ण जितेका थिए।