सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

रोहितको अर्धशतक र करणको विस्फोटक ब्याटिङ, नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य

रोहित पौडेलको अर्धशतक र करण केसीले विस्फोटक फिनिसिङ गरेपछि आईसिसी विश्वकप लिग २ को त्रिकोणात्मक सिरिजमा नेपालले ओमानलाई दियो २६४ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।

पहिला ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा २६३ रन बनायो। जसमा रोहितले ६३ बलमा ६१ रन बनाउँदा विस्फोटक ब्याटिङ गरेका करणले १६ बलमा ४ छक्का र १ चौका मद्दतमा ४० रन बनाए।

यस्तै अर्जुन कुमालले ५९ बलमा ४ चौका मद्दतमा ४० रन बनाउँदा इशान पाण्डे र बासिर अहमदले समान ३७ र बनाए। यस्तै, दीपेन्द्रसिंह ऐरीले १७ बलमा २२ रन बनाए।

बलिङमा ओमानका साह फैसल, सकिल अहमद र करण सोनवालेले समान २ विकेट लिए।

1.3Kशेयर