नेपाली कराते खेलाडी एरिका गुरुङले युएईमा जारी के वान युथ लिगमा रजत पदक जितेकी छिन्।
दुबईमा भएको लिगमा एरिकाले ६८ केजी माथिको तौल समूहमा रतज जितेकी हुन्।
१९औं एसियन गेम्स र एसियन च्याम्पियनसिपकी समेत रजत विजेता एरिका फाइनलमा इरानी खेलाडीसँग ९–१ ले पराजितपछि स्वर्णबाट भने बञ्चित भइन्।
फाइनल यात्राका क्रममा एरिकाले भारतीय खेलाडीलाई ८–०, क्वाटरफाइनलमा काजाकास्तानी खेलाडीलाई ४–१ र सेमिफाइनलमा टर्कीएकी खेलाडीलाई ५–२ ले हराएकी थिइन्।
प्रतियोगितामा नेपालबाट एरिका मात्र सहभागी थिइन्।