एनएसएल अक्सन : ८ खेलाडीमाथि अधिकतम बाेली, विकेश, विशाल, दीपजस्ता गाेलकिपर अनसाेल्ड

22 Feb, 2025
Share:
117 Shares

तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को अक्सन शनिबार सम्पन्न भएको छ।

कुल ६० खेलाडी अक्सनका लागि दर्ता थिए। जसमध्ये क्याटेगोरी एमा १५ र क्याटेगोरी बीमा ४५ खेलाडी थिए।

क्याटेगोरी एका ११ खेलाडी बिक्री हुँदा ४ खेलाडी अनशोल्ड भए। अक्सनमा ६० खेलाडीमध्ये ३९ खेलाडी मात्र बिक्री भएका छन्।

३९ खेलाडीमध्ये ८ खेलाडीमा सर्वाधिक बोली लागेको छ। उनीहरू मणिकुमार लामा, दिनेश हेन्जन, पासाङ लामा, आशिष गुरुङ, अभिषेक लिम्बु, जिलेस्पीजंग कार्की, सुमित श्रेष्ठ र सन्तोष खत्री छन्। सबै खेलाडी ४ लाख रुपैयाँमा बिकेका छन्।

यीमध्ये एफसी चितवनले अभिषेक र सुमितलाई, ललितपुर सिटी एफसीले मणि र सन्तोषलाई तथा काठमाडौं रेजर्सले जिलेस्पी र दिनेशलाई सर्वाधिक रकममा भित्र्याए। यस्तै, धनगढी एफसीले पासङ, झापा एफसीले आशिषका लागि पनि उत्ति नै रकम खर्चिए।

पासाङ लामा बाहेक सबै खेलाडीमाथि एकभन्दा बढी क्लबको अधिकतम बोली लगाउँदा लक्डी ड्र गरिएको थियो।

शनिबार भएको अक्नसमा गाेलिकपरमाथि क्लबहरूले चासाे देखाएनन्। अक्सनमा विकेश कुथु, विशान सुनार, दीप कार्कीजस्ता स्टार गाेलकपिरमाथि क्लबले चासाे नदिँदा उनीहरू अनसाेल्ड रहे।