आसन्न तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका लागि एफसी चितवनले अमेरिकन जोनाथन क्याम्पबेललाई अनुबन्ध गरेको छ।
उनी चिवनमा आबद्ध हुने पहिलो विदेशी खेलाडी हुन्। एसियामै व्यसायिक फुटबल खेलिरहेका उनले पछिल्लो पटक इन्डोनेसियन लिग टु क्लब पर्सपपुरा जयपुरबाट खेलेका थिए।
२४ वर्षीय उनी डिफेनडर हुन्। उनी अमेरिकाको राष्ट्रिय टिमबाट भने परेका छैनन्।
चिवतमा स्टार स्ट्राइकर अन्जन विष्ट मार्की खेलाडीका रुपमा छन् भने नविन न्यौपानेलाई मुख्य प्रशिक्षककारुपमा छन्।
चितवनमा विशाल श्रेष्ठ, छिरिङ गुरुङ, रोशन राना मगर, अभिषेक लिम्बु, सुमित श्रेष्ठ, शिशिर लेखी, जय गुरुङलगायतका खेलाडी छन्।
यस्तै, एनएसएलको पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सले उज्वेकिस्तानका डिफेनडर अलीजोन अलिजोनोभलाई अनुबन्ध गरेको छ।
ब्ल्याक बुल्स क्लबबाट नेपालमा विभिन्न नकआउट गोल्डकप खेलिरहेका अलीजोन हाल नेपालमै छन्। रेजर्सले उनलाई क्लबमा स्वागत गरेको छ।
पोखरामा आहारारा पोखरा गोल्डकपमा ब्ल्याक बुल्सले उपाधि जित्दा अलीजोन उत्कृष्ट डिफेण्डर घोषित भएका थिए।
उनीसँगै काडमाडौंले सियरा लियोनका स्ट्राइकर मोहम्मद बुया तुरे, सेनेगलका गोलकिपर चेइख गुएय र सेनेगलकै विंगर अमादोउ डिओप तथा फ्रान्सका भिन्सेन्ट कोजिएलोलाई अनुबन्धन गरेको छ।
टिममा नेपाली खेलाडीहरूमा रोहन कार्की मार्की खेलाडी छन् भने दिपेश गुरुङ, कुलदिप कार्की, अभिषेक बराल, दिनेश हेन्जन, फरवार्ड जिलेस्पीजंग कार्की, आशिष चापागाईं जस्ता खेलाडी छन्।
काठमाडौंले मुख्य प्रशिक्षकका रुपमा प्याट्रिक विल्डेलाई ल्याएको छ।