हङकङमा खेल्ने आर्यन राईले एनएसएल खेल्ने, झापा एफसीमा आबद्ध

18 Mar, 2025
Share:
117 Shares

हङकङको शीर्ष डिभिजन खेलिरहेका नेपालीमूलका आर्यन राईले तेस्रो संस्करणको नेपाल सुपर लिग खेल्ने भएका छन्।

अट्याकिङ मिडफिल्डर अर्यानलाई एनएसएलका लागि झापा एफसीले अनुबन्धन गरेको छ। उनी हङकङको शीर्ष डिभिजनक्लब कोलुन सिटीबाट खेलिरहेका छन्।

झापाले विदेशमा खेलिरहेको नेपालीमुलका खेलाडीहरुलाई स्काउट गर्दै नेपालको राष्ट्रिय टिमका लागि समेत सहयोग पुग्न सक्ने विश्वास राख्दै आर्यनलाई अनुबन्ध गरेको हो। यसअघि झापाले अमेरिकामा खेलिरहेका नेपालीमूलकै भुटानी शरणार्थी प्रविन बस्नेतलाई अनुबन्ध गरेको थियो।

दुवैलाई झापाले विदेशी कोटामा अनुबन्धन गरेको हो। उसले विदेशी खेलाडीकै रुपमा उज्वेकिस्तानका डिफेण्डर अजामात अब्दुलेभ र अट्याकिङ मिडफिल्डर मुहम्मद इसाएभ तथा सर्वियाका विंगर लाजार अर्सिकलाई अनुबन्ध गरेको छ।

लाकेन लिम्बु मार्की खेलाडी रहेको झापमा नेपाली खेलाडीका रुपमा छिरिङ लामा, आशिष गुरुङ, अन्जल श्रेष्ठ, रोशन पहारी, अभिनाश स्याङ्तान, आरोन थापा, श्याम मुर्मु, अभिषेक गुरुङ लगायत खेलाडी छन्।

झापाको मुख्य प्रशिक्षकका रुपमा प्रवेश कटुवाल छन्।

झापाले चैत १७ गते एफसी चितवनसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।