एनएसएलकाे तेस्राे संसकरण सुरु, काठमाडौंले उत्कृष्ट पुनरागमन गर्दै ललितपुरसँग खाेस्याे अंक

29 Mar, 2025
Share:
117 Shares

फ्रेन्चाइज फुटलब नेपाल सुपरको तेस्रो संस्करण आजबाट दशरथ रंशालामा सुरु भएको छ। शनिबार साँझ भएको उद्घाटन खेलमा दुई पूर्व च्याम्पियन ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स भीडे।

उद्घाटन खेलमा प्रतियोगिताको पहिलो च्याम्पियन काठमाडौं रेजर्सले उत्कृष्ट पुनरागमन गर्दै बराबरी खेलेको छ। उसले पहिलो हाफमै २ गोलले पछि परेको अवस्था उल्टाउँदै ललितपुरसँग २–२ गोलको बराबरी खेलेको हो।

खेलको लतिलपुरका लागि आदित्य शाक्यले गोल गर्दा अर्को गोल आत्मघाती भएको थियो। काठमाडौंका लागि भिनसेन्ट कोजिएलो र अमादोउ डिओपले गोल गरेका थिए।

खेलको पाँचौं मिनेटमै ललितपुरले अग्रता लियो। कान्टिलानाको प्रहार काठमाडौंका डिफेण्डर कमल श्रेष्ठलाई लाग्दै गोलमा परिणत भएको थियो। १५औं मिनेटमा आदित्यले ललितपुरको अग्रता दोब्बर बनाए। उनले इमो इजिकेलको प्रहार काठमाडौंका गोलकिपर अभिषेक बरालले रोकेपछिको रिबान्डमा आदित्यले गोल गरेका थिए।

ललितपुरले १५औं मिनेटमा आदित्य शाक्यको गोलबाट अग्रता दोब्बर पार्‍यो । सनिश श्रेष्ठ र पापा इबोउ केबेले वान टु पास खेल्दै इमोहलाई पेनाल्टी बक्समा बल उपलब्ध गराएका थिए । इमोहको सुरुवाती प्रहार काठमाडौंका गोलकिपर अभिषेक बरालले रोकेका थिए । तर बल पूर्ण रुपमा क्लियर हुन सकेन र अनमार्क रहेका आदित्यले सहलै गोल गरे ।

पहिलो हाफमै सुरुआतमै २ गोलले पछि परेको काठमाडौंले ७० मिनेटमा गोल गर्दै गर्दै खेलमा फर्किएको थियो। उसका जिलेस्पीजंग कार्कीको पसमा डिओपले गोल गरेका थिए।

त्यसपछि काठमाडौंले इन्जुरी समयमा गोल बराबरी गोल गरेको थियो। ललितपुरका योगेश गुरुङले कोजिएलोलाई फाउल गरेपछि प्राप्त पेनाल्डीमा उनले नै गोल गरेका थिए।