साबा क्लब च्याम्पियनसिप बास्केटबलमा नेपालको टाइम्स क्लब श्रीलंकन टिमसँग पराजित

2 Apr, 2025
Share:
117 Shares

साबा क्लब च्याम्पियनसिप बास्केटबलको पहिलो खेलमा नेपाली टिम पराजित भएको छ।

भारतको चेन्नाईमा आजदेखि सुरु भएको प्रतियोगिताम नेपाली क्लब टाइम्स क्लब श्रीलंकाको कोलोम्बो बास्केटबल क्लबसँग ७१–६६ ले पराजित भयो। खेल चेन्नईको जवाहरलाल नेहरु इन्डोर स्टेडियममा भएको थियो।

पहिलो पटक आयोजना भएको साबा क्लब च्याम्पियनसिप बास्केटबलमा बंगलादेशबाहेक दक्षिण एसियाका ६ राष्ट्रको च्याम्पियन क्लबहरू सहभागी छन्।

टाइम्स क्लबले दोस्रो खेल शुक्रबार माल्दिभ्सको ट्रेक्स क्लबसँग खेल्ने छ।