सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

नेपालकाे फिफा वरीयतामा खस्कियो

Vasco da Gama’s Colombian forward #11 Andres Gomez (L) and Boca Juniors’ defender #02 Lautaro Di Lollo fight for the ball during the Copa Sudamericana semifinal first leg football match between Argentina’s Boca Juniors and Brazil’s Vasco da Gama at the Bombonera stadium in Buenos Aires on October 13, 2026. (Photo by JUAN MABROMATA / AFP)

नेपाली फुटबल टोली फिफा वरीयतामा एक स्थान खस्किएको छ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार अद्यावधि गरेको वरीयताअनुसार नेपाल एक स्थान खस्किएर १७८औं स्थानमा पुगेको हो ।

नेपालले पछिल्लो पटक खेलेको अन्तर्राष्ट्रिय खेल गत मार्च ३१ मा थियो, जतिबेला नेपाल लाओससँग खेलेर पराजित भएको थियो । त्यो राखेपबाट एन्फा निलम्बनमा परेको ६ दिनपछिको खेल थियो ।

त्यसयता नेपाली फुटबल अन्तर्राष्ट्रिय गतिविधिमा अघि बढ्न सकेको छैन । गत जुन २४ मा भने नेपाल फिफाकै निलम्बनमा परेको थियो ।

दक्षिण एसियाको शीर्षस्थानमा रहेको भारत १३८औं स्थानमा यथावत् छ । भारतले हालैको इन्टरनेशनल ब्रेकमा पानामा, ब्राजिल र उरुग्वेसँग घरेलु मैदानमा नै मैत्रीपूर्ण खेल खेलेको थियो ।

अफगानिस्तान १६८औं, माल्दिभ्स १७३औं, बंगलादेश १८२औं, श्रीलंका १८४औं, भुटान १९२औं तथा पाकिस्तान १९७औं स्थानमा छन् ।

एसियाली टोलीमध्ये शीर्षमा रहेको जापान १७औं स्थानमा छ भने इरान २३औं र अस्ट्रेलिया २६औं स्थानमा छ ।

1.3Kशेयर