साबा बास्केटबल क्लब च्याम्पियनसिप नेपाली क्लब टाइम्स तेस्रो बन्यो

8 Apr, 2025

नेपाली बास्केटबल क्लब टाइम्स क्लब पहिलो पटक आयोजना भएको साबा बास्केटबल क्लब च्याम्पियन्सिपमा तेस्रो बनेको छ।

भारतको चेन्नाईस्थित जवाहरलाल नेहरु इन्डोर स्टेडियममा भएको आफ्नो चौथो खेलमा भुटानको थिम्पु म्याजिक्सलाई ८७-५९ ले हराउँदै टाइम्स तेस्रो बनेको हो।

च्याम्पियनसिपमा थाइम्सको दोस्रो जित हो। टाइम्सले माल्दिभ्सको रेक्स बास्केटबल क्लबलाई ६७-५९ ले हराएको थियो। यता, टाइम्स क्लब श्रीलंकाको कोलोम्बो बास्केटबल क्लबसँग ७१-६६ र तामिलनाडु बास्केटबल संघसँग ११८-४४ ले पराजित भएको थियो

प्रतियोगितामा बंगलादेश र पाकिस्तानबाहेक दक्षिण एसियाका ५ राष्ट्रका च्याम्पियन क्लबले सहभागिता जनाएका थिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]