ठेचो डोजो कराँते टिम च्याम्पियन

9 Apr, 2025
Share:
117 Shares

४६ सालको जनआन्दोलनका सहिद ठेचो डोजोले शहीद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते प्रतियोगिताको उपाधि जितेको छ । ठेचो सर्वाधिक ५ स्वर्ण, १ रजत र ३ कांस्य जित्दै टिम च्याम्पियन बनेका छन्।

ललितपुर महानगरपालिकाको सहयोगमा नेपाल सितोरियो कराते डो संघ, प्रयोगपोखरी डोजोद्वारा आयोजित प्रतियोगितामा नरहरिपुर डोजो दोश्रो भएका छन्। नरहरिपुरले ४ स्वर्ण, ४ रजत र ३ कांस्य हात पारे। तेश्रो स्थानमा नगदेश डोजोले ४ स्वर्ण, ४ रजत र २ कांस्य हासिल गरेका छन् ।

पाटन दरबार स्क्वायरमा भएको प्रतियोगिताको पुरुष तर्फ आयोजक प्रयागपोखरी डोजोका मोहन माझी तथा महिलामा भक्तपुर नगरपालिककी सुयोगी गुरुङ उत्कृष्ट खेलाडी घोषित भए। पुरुषमा थिमी डोजोका आयुश लामा तथा महिलामा बंगलामुखी डोजोकी अन्ना तामाङ उदीयमान खेलाडी चुनिए।

विजेता खेलाडीलाई नेपाल लोकतान्त्रिक खेलकुद संघ निर्वाचन निर्देशन समिति संयोजक मोहनबहादुर बस्नेत, बागमती प्रदेशका सांसद् रामकृष्ण चित्रकार, ललितपुर महानगरपालिका वडा ६ का अध्यक्ष रुपेन्द्रराज शाक्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

दुईदिने प्रतियोगितामा ५ सय ५० खेलाडीले विभिन्न २२ स्पर्धामा प्रतिस्पर्धा गरेको प्रयागपोखरीका प्रशिक्षक विकास महर्जनले जनाएका छन् ।